ICT सामग्रीहरु हस्तान्तरण कार्यक्रम !

20 November, 2026
#

सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा खरिद गरिएका स्मार्ट बोर्ड, डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, बुलेट क्यामेरा, अनलाइन यूपीएसलगायत २२ प्रकारका सामग्री नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले एक कार्यक्रमबीच सोलुखुम्बु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उद्धवकुमार शर्मा मार्फत क्याम्पसलाई हस्तान्तरण गर्नुभयो । क्याम्पसको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने, डिजिटल शिक्षण प्रणालीको विकास गर्ने तथा विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले सूचना प्रविधिको सिकाइलाई  जाेड दिदै सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शेर्पाले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गरेको लगानीलाई अन्य कुनै पनि क्षेत्रको लगानीभन्दा कम महत्त्वको रूपमा नलिन आग्रह गर्नुभयो । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु सरकार, शैक्षिक संस्था र समुदाय सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले क्याम्पसमार्फत नगरपालिकाको प्रविधिमैत्री शिक्षाको लक्ष्य साकार पार्न खोजिएको बताउनुभयो ।

Notice
See All