मेची–काली विश्व अभियान परिचय

नेपाल पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीको अङ्गालोभित्र ७७ जिल्लामा फैलिएर रहेको छ । यस अभियानमा मेचीदेखि महाकालीसम्मका ७७ वटा जिल्लाका नागरिकहरूलाई सहभागी गराइने भएकोले मेची–काली र क्याम्पस २५ वर्ष पुगेको उपलक्ष्यमा विश्वका विभिन्न २५ राष्ट्रका नागरिकहरूलाई पनि सहभागी गराइने हुँदा यस अभियानको नाम मेची–काली विश्व अभियान राखिएको हो । यो अभियान विश्वमा नै पहिलो, नौलो, ऐतिहासिक र प्रयोगमूलक हुनेछ । यो अभियानले मेधावी तर आर्थिक रूपले कमजोर नेपालभरिका विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक उच्च शिक्षा र विशेष गरी विदेशी र स्वदेशी विद्यार्थीहरूलाई स्नातक Bachelor of Travel, Tourism and Mountaineering Studies  (BTTMS) र स्नातकोत्तर Masters of Travel, Tourism and Mountaineering Studies  (MTTMS) का विषयहरू अध्ययन गर्ने अवसर प्रदान गर्ने छ । यो अभियान वि.सं. २०७५ देखि वि.सं. २०८० सम्म ५ वर्ष सञ्चालन गरिनेछ ।

**Mechi Kali Globle Campaign Introductory Booklet 2080