४ वर्षे (स्नातक तह) चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालमा संचालन हुने शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तर्फका स्नातक तह चौथो वर्षको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०७९ माघ २५ गतेसम्म परीक्षा आवेदन भर्नहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । परीक्षा आवेदन फाराम भर्दा अनिवार्य रजिष्ट्रेसन नम्बर उल्लेख गर्नुपर्नेछ । थप जानकारीका लागि ।
सोलुखुम्बु बहुमुखी क्याम्पस
परीक्षा शाखामा सम्पर्क गर्नुहोस् ।
सम्पर्क नं. ९८४२८४८७७५
९८५१०१०५५६
०३८ ५२०२२५